काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शिक्षाध्यक्षमा प्रा.अञ्जना सिंह र रजिस्ट्रारमा प्रा.रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् ।
उपकुलपतिको सिफारिसका आधारमा त्रिविका कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहले सिंह र शिवाकोटीलाई नियुक्त गरेका हुन् ।
शिक्षा मन्त्रालयका अनुसार नवनियुक्त शिक्षाध्यक्ष सिंह र रजिस्ट्रार शिवाकोटीले आज दिउँसो ३ बजे शपथ लिनेछन् ।
शिवाकोटी त्रिविको शिक्षा शास्त्र संकायका प्राध्यापक हुन् भने सिंह विज्ञान संकायकी प्राध्यापक हुन् ।
सरकारले गत वैशाखमा अध्यादेशमार्फत त्रिविका तत्कालीन पदाधिकारीलाई पदमुक्त गरेको थियो । त्यसपछि गत असारमा उपकुलपति नियुक्त भए पनि शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त हुन सकेका थिएनन् । अब दुवै पदमा नियुक्ति भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया