बाढीपछि पुनर्निर्माणमा ६ खर्ब ६५ अर्ब रुपैयाँसम्म लाग्ने प्रारम्भिक अनुमान

लोकपथ
154
Shares

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढी र पहिरोपछि पुनर्निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शनिबार बाढी र पहिरोबाट भएको क्षतिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब अमेरिकी डलर आवश्यक पर्न सक्ने बताएका छन् । यो रकम नेपाली रुपैयाँमा करिब ५ खर्ब ३२ अर्बदेखि ६ खर्ब ६५ अर्ब रुपैयाँ बराबर हुन्छ ।

उनका अनुसार यो प्रारम्भिक अनुमान मात्र हो । बाढी र पहिरोबाट भएको वास्तविक क्षतिको विस्तृत मूल्याङ्कन भइरहेको छ ।

बाढीका कारण सीमा क्षेत्रसहित विभिन्न जिल्लामा घर, सडक, पुल र अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको छ । सरकारले अहिले उद्धार र राहतसँगै क्षतिको विवरण संकलन गरिरहेको छ ।

क्षतिको पूर्ण विवरण आएपछि पुनर्निर्माणका लागि आवश्यक योजना र बजेट तय गरिने सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?