विदेशमा रहेका नेपालीले दूतावासबाटै लाइसेन्स प्रमाणीकरण गर्न सक्ने

लोकपथ
0
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकले अब सम्बन्धित मुलुकमा रहेको नेपाली दूतावास तथा नियोगबाटै नेपाल सरकारले जारी गरेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रमाणीकरण गराउन सक्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले सूचना जारी गर्दै विदेशमा रहेका नेपालीका लागि लाइसेन्स प्रमाणीकरण सेवा सम्बन्धित मुलुकमा रहेका नेपाली नियोगबाट उपलब्ध हुने जनाएको हो ।

विभागका अनुसार विदेशमा रहेका नेपाली नागरिकले नेपाल सरकारबाट जारी भएको सवारी चालक अनुमतिपत्रको प्रमाणीकरण सेवा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट लिन सक्नेछन् ।

यसअघि लाइसेन्स प्रमाणीकरणका लागि नेपालमै आउनुपर्ने वा अन्य प्रक्रियाबाट सेवा लिनुपर्ने अवस्थालाई सहज बनाउँदै सरकारले विदेशमा रहेका नेपालीलाई सम्बन्धित नेपाली नियोगबाटै सेवा उपलब्ध गराउने व्यवस्था गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?