देउवा र शेखर कोइरालाबीच भेटवार्ता, कांग्रेसभित्रको विवाद समाधानबारे छलफल

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद र संगठनात्मक एकताका विषयमा छलफल भएको छ ।

शुक्रबार बिहान कोइराला देउवा निवासमा पुगेर भेटवार्ता गरेका हुन् । भेटमा पछिल्लो राजनीतिक अवस्था तथा कांग्रेसभित्र बढ्दै गएको मतभेद समाधान गर्ने उपायबारे छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

कांग्रेसमा आगामी नेतृत्व र महाधिवेशनलाई लिएर संस्थापन पक्ष र देउवा पक्षबीच विवाद चर्किएको छ । आगामी सभापतिको नेतृत्वलाई लिएर पनि दुई पक्षबीच मतभेद देखिएको छ ।

देउवा पक्षले गगन थापालाई सभापतिको उम्मेदवारका रूपमा स्वीकार नगर्ने अडान लिएपछि विवाद थप बढेको हो । यसैबीच, संस्थापन पक्षले आगामी असोजमा महाधिवेशन गर्ने गरी तयारी अघि बढाएको छ ।

तर, देउवा पक्षले भने महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । यस्तो अवस्थामा देउवा र कोइरालाबीच भएको भेटलाई कांग्रेसभित्रको विवाद समाधान तथा संगठनात्मक एकताका लागि महत्वपूर्ण रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?