काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
रावलले बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष शपथ लिएका हुन् । शपथ लिएपछि उनले बिहीबार नै पदबहाली गरेका छन् ।
मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त भएका हुन् । शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले रावललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।
रावलले २०६२ माघ २ गते नेपाल राष्ट्र बैंकमा सहायक निर्देशकका रूपमा सेवा सुरु गरेका थिए । त्यसपछि २०६९ सालमा उपनिर्देशक, २०७५ सालमा निर्देशक र २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए ।
कार्यकारी निर्देशक भएपछि उनले राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागको नेतृत्व गर्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया