कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

लोकपथ
0
Shares

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

 विश्वासको मतका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजे बोलाइएको हो ।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिनेसम्बन्धी पत्र सोमबार प्रदेशसभामा दर्ता गराइसकेका छन् ।

उनी नेकपा एमालेको समर्थनमा गत साउन १२ गते मुख्यमन्त्री बनेका हुन् ।

दुई दलबीच मन्त्रालय बाँडफाँडमा सहमति हुन केही समय लागेकाले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । मुख्यमन्त्री शाहीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका १४ र एमालेका १० सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?