मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले विद्यालयबाट घर फर्किँदै गरेका ४ जना विद्यार्थीलाई बगाउँदा एक जनाको शव फेला परेको छ । एक जनाको उद्धार गरिएको छ भने दुई जना बेपत्ता छन् ।
निर्मल माध्यमिक विद्यालय हेटौंडा–१९ मा अध्ययनरत उनीहरूलाई आज पढेर घर फर्किने क्रममा खोलाले बगाएको हो ।
प्रहरीका अनुसार, कक्षा २ मा अध्ययनरत ८ वर्षीया बालिका रेश्मा स्याङ्तानको शव फेला परेको छ ।
प्रहरीका अनुसार ११ वर्षीया सुमित्रा भुलुन र बिनिता भुलुनको खोजी जारी रहेको छ भने १३ वर्षीया सीमा भुलुनको उद्धार गरिएको छ ।
उनीहरू सबै हेटौंडा १९ का स्थानीयवासी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया