सुत्केरीले समयमा अस्पताल पाउँदैनन्, मन्त्रीलाई लाखौँ खर्च गरेर ल्याइयो : बासना थापा

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णालीका नागरिकले आधारभूत स्वास्थ्य सेवा नपाइरहेका बेला मन्त्रीलाई भने लाखौँ रुपैयाँ खर्च गरेर हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको भन्दै सरकारको आलोचना गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले आम नागरिकले राहत र सामान्य औषधिसमेत पाउन नसकेको बताइन् । उनले सुत्केरी महिलाले समयमा अस्पताल पुग्न नसक्ने अवस्था रहेको तर मन्त्री बिरामी पर्दा तत्काल हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको भन्दै प्रश्न उठाइन् ।

‘जनताले राहत पाउँदैनन् । सिटामोल पाउँदैनन् । सुत्केरीले समयमा अस्पताल पाउँदैनन्,‘ थापाले भनिन् ।

उनले काठमाडौं ल्याउन मन्त्रीका लागि ३० देखि ३५ लाख रुपैयाँसम्म खर्च गर्ने सरकारले जनताका लागि तीन लाख रुपैयाँ खर्च गरेर राहत दिन नसकेको आरोप लगाइन् ।

‘मन्त्रीको जीवन जति मूल्यवान छ, कर्णालीका नागरिकको जीवन पनि त्यति नै मूल्यवान छ,‘उनले भनिन् ।

पूर्वाधार विकासमन्त्रीलाई भाइरल ज्वरो आएपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको विषयमा आलोचना भइरहेका बेला थापाले यस्तो टिप्पणी गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?