काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति र केन्द्रीय समितिको वैधानिकताबारे कुनै अन्योल नरहेको बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित फुटसल प्रतियोगितामा सहभागी हुन पुगेका शर्माले यस्तो बताएका हुन् ।
उनले पार्टीको विशेष महाधिवेशन विधिपूर्वक सम्पन्न भएको र त्यसलाई निर्वाचन आयोग तथा अदालतबाट समेत मान्यता प्राप्त भइसकेकाले वैधानिकतामाथि प्रश्न उठाउनु आवश्यक नरहेको बताएका हुन् ।
उनले सर्वोच्च अदालतको फैसला सबै पक्षले स्वीकार गर्नुपर्नेमा जोड दिँदै अदालतले पार्टीको केन्द्रीय समिति बदर नगरेको र गगन थापा नै सभापति रहेको विषय स्पष्ट भइसकेको बताए ।
संस्थापनइतर समूहप्रति लक्षित गर्दै शर्माले आवेगमा आएर छुट्टाछुट्टै नेमप्लेट राख्ने वा आफूखुसी सभापति तथा पदाधिकारी दाबी गर्ने कार्य राजनीतिक विधि र प्रक्रियासम्मत नहुने टिप्पणी गरे ।
‘आवेगमा आएर यता नेमप्लेट राख्ने, उता राख्ने, उहाँ पनि सभापति हो, उहाँ पनि कार्यसमिति नै हो, उहाँ नै पदाधिकारी हो भन्ने कुरा खेलको नियम र विधिभन्दा बाहिरको कुरा हुन्छ,‘ उनले भने
शर्माले राजनीतिक गतिविधि पनि खेलको नियमजस्तै निर्धारित विधि र प्रक्रियाभित्र सञ्चालन हुनुपर्ने धारणा राखे । ‘विधिभित्र जसरी खेल चल्छ, त्यसरी नै विधिभित्र राजनीति चल्नुपर्छ,‘उनले भने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया