विशेष महाधिवेशनबारे नयाँ व्यवस्था गर्न लेखकको ४३ बुँदे प्रस्ताव [पूर्णपाठ]

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको विधान संशोधनका लागि ४३ बुँदे प्रस्ताव अघि सारेका छन् ।

पूर्वसभापति शेरबहादुर देउवा समूहको भेलामा उनले उक्त अवधारणा पत्र प्रस्तुत गरेका हुन् ।

लेखकले पार्टीका विभिन्न तहका निर्वाचित सभापति र पदाधिकारीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने व्यवस्थालाई समयअनुसार परिमार्जन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

विशेष महाधिवेशनसम्बन्धी व्यवस्था पनि स्पष्ट बनाउनुपर्ने उनको प्रस्ताव छ । विशेष महाधिवेशनका लागि संकलन गरिने हस्ताक्षरको रुजु र प्रमाणीकरणदेखि महाधिवेशन आयोजना गर्ने प्रक्रियासम्म स्पष्ट कार्यविधि बनाउनुपर्ने उल्लेख गरिएको छ ।

प्रस्तावअनुसार केन्द्रीय महाधिवेशनको अवधि सकिन ६ महिनाभन्दा कम समय बाँकी हुँदा, राष्ट्रिय निर्वाचन हुन ६ महिना वा कम समय बाँकी हुँदा वा पार्टीले केन्द्रीय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा विशेष महाधिवेशन गर्न नहुने व्यवस्था गर्न सुझाव दिइएको छ ।

त्यस्तै, पार्टीका विभिन्न तहका कार्यसमितिमा आवश्यकताअनुसार पदाधिकारीको संख्या बढाउन सकिने व्यवस्था गर्न पनि प्रस्ताव गरिएको छ । थपिएका पदमा महिला, युवा तथा सम्बन्धित क्षेत्रको जनसंख्याका आधारमा विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।

लेखकले पार्टीको संगठनात्मक संरचना र निर्वाचन प्रक्रियालाई समयअनुकूल बनाउन विधानमा आवश्यक संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?