विमलेन्द्र निधिको प्रतिवेदन- ‘गगन–विश्वले नेतृत्वविरुद्ध षड्यन्त्रपूर्ण खेल खेले’ [पूर्णपाठ]

लोकपथ
56
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीमा विशेष महाधिवेशन गराउने विषयमा षड्यन्त्र भएको आरोप लगाएका छन् ।

कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै निधिले विशेष महाधिवेशनको आवश्यकता नरहेको अवस्थामा अचानक हस्ताक्षर र मिति घोषणा गरेर पार्टीमा विभाजन ल्याउने प्रयास गरिएको बताएका हुन् ।

निधिले पार्टीका पुराना तथा आन्दोलनमा योगदान दिएका नेताहरूलाई पन्छाउने र अपमान गर्ने काम भइरहेको भन्दै त्यसमा आफूहरू सहमत नरहेको बताए । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुअघि विशेष महाधिवेशन गरेर नेतृत्व कब्जा गर्ने रणनीति बनाइएको उनको आरोप छ ।

यस्तै, १५औँ महाधिवेशनका लागि समयमै क्रियाशील सदस्यता नवीकरण गरिसकेकाहरूलाई फेरि अद्यावधिक गर्न दबाब दिनु विधानविपरीत भएको निधिको भनाइ छ । एउटै महाधिवेशनका लागि दोहोरो सदस्यता नवीकरण आवश्यक नरहेको उनले स्पष्ट पारे ।

यसैबीच, नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई निधिले स्वागत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?