काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको तीन दिने राष्ट्रिय भेलाको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।
काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा भइरहेको बन्दसत्रमा पार्टीको आन्तरिक अवस्था, संगठन र आगामी राजनीतिक रणनीतिबारे छलफल भइरहेको छ ।
भेलामा पूर्वउपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, एनपी साउदले समसामयिक राजनीतिक प्रतिवेदन, डा. प्रकाशशरण महतले आर्थिक प्रतिवेदन, उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव र रमेश लेखकले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् ।
प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार सहभागी नेता तथा कार्यकर्ताले समूह बनाएर प्रतिवेदनमाथि छलफल गर्ने र सुझाव दिनेछन् ।
शुक्रबार पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा र पूर्वमहामन्त्री शशांक कोइरालाको अध्यक्षतामा भेलाको उद्घाटन गरिएको थियो ।
विशेष महाधिवेशनपछि कांग्रेसभित्र देखिएको आन्तरिक विवादका बीच आयोजना भएको यो भेलालाई संस्थापन इतर समूहको शक्ति प्रदर्शनका रूपमा पनि हेरिएको छ ।
भेलाले सहभागीका सुझाव समेटेर घोषणापत्र जारी गर्दै आइतबार समापन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया