काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनका कारण पार्टी कमजोर भएको दाबी गरेका छन् ।
कांग्रेस इतर समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सो कुरा बताएका हुन् ।
उनले पार्टी विवाद अदालतमा विचाराधित रहेको भन्दै अदालतबाट आफूहरुले न्याय पाउनेमा विश्वस्त रहन आग्रह गरे ।
‘विशेष महाधिवेशनको नाममा पार्टीलाई कमजोर बनाउने काम भएको छ,’ देउवाले भने, ‘नेपाली कांग्रेसको विवाद अहिले अदालतमा विचाराधिन छ, म अहिले त्यसमा केही भन्न चाहन्न । तर सर्वोच्च अदालतबाट न्याय हुने कुरामा पूर्ण विश्वस्त छु ।’
त्यस्तै अहिले पार्टीमा विवाद देखिएको भन्दै त्यसलाई एकताको भावनाबाट अघि बढ्न पार्टी कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
आफूले लोकतन्त्रका लागि ठूलो त्याग गरेको बताउँदै राष्ट्रियताका सवालमा आफ्नो जीवनको अन्तिम अवस्थासम्म पनि लोकतन्त्रका लागि लागिरहने प्रतिवद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया