नेपाली तीर्थयात्री बोकेको बस भारतमा दुर्घटना : ३ जनाको मृत्यु, १२ जना घाइते

लोकपथ
1.4k
Shares

काठमाडौं । रौतहटबाट तिर्थयात्री लिएर हिडेको बस भारतमा दुर्घटना हुँदा ३ जना तिर्थयात्रीको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन ।

गरुडा नगरपालिका–६ पोठियाहीबाट गत आइतबार बोलबम यात्राका लागि भारतको झारखण्ड स्थित बैद्यनाथ धाम तर्फ गएको ना.६ ख १५५४ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा ३ जना नेपाली तीर्थयात्रीको मृत्यु र १२ जना तिर्थयात्री गम्भीर घाइते भएका हुन् ।

उक्त बस आज शुक्रबार बिहान भारतको झारखण्डको कोडरमा जिल्लाको सतगावाँ थाना क्षेत्रमा मालवाहक ट्रकसँग ठोक्किएको थियो ।

स्थानियबासीका अनुसार उक्त बसले पोठियाही गाउँबाट ४२ जना तिर्थयात्री लिएर हिडेको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।

जसमध्ये ३ जना तिर्थयात्रीको ज्यान गएको र १२ जना गम्भीर घाइते भएको स्थानियबासीले जानकारी दिएको प्रजिअ भुसालले बताए ।

दुर्घटनामा परेर गरुडा–६ पोठियाहीका ६० वर्षीय नवल जयसवाल, उनकी श्रीमती र १० वर्षीय शिवम महतोको मृत्यु भएको बताइएको छ ।

बासुकीनाथ दर्शनपछि देवघर हुँदै राजगीर जाने क्रममा सतगावाँ क्षेत्रमा बस र मालवाहक ट्रक एक आपसमा ठोक्किएको थियो । ट्रकसँग ठोक्किए पछि बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाइएको छ ।

दुर्घटनाको खबर पाएलगतै सतगावाँ प्रहरीले घटनास्थल पुगेर घाइतेको उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?