काठमाडौं । नेपाली कांग्रेसका नेता दिपक खड्काले पार्टी सभापति गगन थापाले आधिकारिकता लुटेर लगेको आरोप लगाएका छन् ।
पूर्वमन्त्री समेत रहेका नेता खड्काले विशेष महाधिवेशन गरेर गगन थापाले निर्वाचन आयोगमार्फत् पार्टी लुटेको आरोप लगाएका हुन् ।
शुक्रबार इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले आफूहरुलाई अदालतले न्याय गर्ने विश्वास रहेको समेत दाबी गरे ।
‘निर्वाचन आयोगलाई हतियारको रूपमा प्रवेश गरेर कांग्रेस लुटेर लगिएकै हो । त्यो अपराध हो, क्षम्य हुँदैन,’ खड्काले भने, ‘सर्वोच्च अदालतबाट केही राहत महसुस भएको छ। हामीले न्याय पाउने विश्वास गरेका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया