काठमाडौं । आज प्रतिनिधिसभाअन्तर्गत तीन वटा संसदीय समितिको बैठक बस्दैछ । समितिहरूले मानव अधिकार, कारागार तथा बाल सुधार गृहको अवस्था र परराष्ट्र मामिलासँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने भएका छन् ।
बिहान साढे १० बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ । बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफल गरी सुझाव संकलन गरिनेछ ।
साथै, बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले समितिमा पेस गरेको प्रतिवेदन, २०८३ पारित गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ । बैठकमा मानव अधिकारको वर्तमान अवस्था तथा राष्ट्रिय मानव अधिकार आयोगका विभिन्न प्रतिवेदनहरूको कार्यान्वयनका विषयमा छलफल हुनेछ ।
दिउँसो साढे २ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्नेछ । उक्त बैठकमा परराष्ट्र मामिलासम्बन्धी समसामयिक विषयमा विज्ञहरूसँग छलफल गरिने समितिले जनाएको छ ।
यसरी आज बस्ने तीनवटै समितिका बैठकमा मानव अधिकार तथा समसामयिक राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयलाई प्राथमिकतामा राखेर छलफल हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया