काठमाडौं आइपुगे शेरबहादुर देउवा

लोकपथ
21
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपछि बिहीबार काठमाडौं फर्किएका छन् ।

देउवा बिहीबार दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि उनी उपचारका लागि सिंगापुर गएका थिए ।

उपचार सम्पन्न भएपछि उनी बिहीबार स्वदेश फर्किएका हुन् ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेसको संस्थापन इतर पक्षका नेता तथा कार्यकर्ताले देउवाको स्वागत गरेका छन् । संस्थापन इतर समूहको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाको नेतृत्वमा पुगेका नेता–कार्यकर्ताले विमानस्थलमा स्वागत गर्दै देउवालाई चुनदेवीस्थित निवाससम्म पुर्‍याउने बताइएको छ ।

देउवालाई स्वागत गर्न कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा.प्रकाशशरण महत, एनपी साउद, दीपक खड्कालगायत विमानस्थल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?