घट्यो सुनको मूल्य, चाँदी के भयो ?

लोकपथ
119
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५०० रुपैयाँले घटेर ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो ।

अघिल्लो दिन ४ हजार ७४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर ४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?