काठमाडौं । ललितपुरको सानेपास्थित जनआस्था साप्ताहिकको कार्यालयमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीसँगको समन्वयमा आज बिहान कार्यालयमा खानतलासी गरेको हो ।
जनआस्था साप्ताहिकका सम्पादक तथा सञ्चालक किशोर श्रेष्ठ बुधबार साँझ पक्राउ परेपछि प्रहरीले अनुसन्धानका क्रममा कार्यालयमा खानतलासी गरेको जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले श्रेष्ठलाई बुधबार साँझ नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कानुन उल्लंघन गरेको आरोपमा उजुरी परेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएपछि अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरिएको प्रहरी अधिकारीहरूले बताएका छन् । श्रेष्ठविरुद्ध दीपिका सिंहले जाहेरी दिएकी थिइन् ।
श्रेष्ठ पक्राउ परेपछि घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ । कार्यालयमा गरिएको खानतलासी पनि सोही अनुसन्धानकै क्रममा भएको प्रहरीले जनाएको छ ।
श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सम्पादक–सञ्चालक हुन् । उनी यसअघि प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षसमेत भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया