काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज नेपाल फर्किँदै छन् । उनी दिउँसो १२ः३० बजे नेपाल आइपुग्ने बताइएको छ ।
जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा गम्भीर घाइते भएपछि देउवा उपचारका लागि गत कात्तिक १० गते राति सिंगापुर गएका थिए ।
सरकार निकट स्रोतका अनुसार देउवा नेपाल फर्किँदा उनलाई कुनै अवरोध वा धरपकड नगर्ने समझदारी भएको छ । उनलाई सुरक्षाकर्मीले विशेष सुरक्षा दिँदै महाराजगञ्जस्थित निजी निवाससम्म पुर्याउने तयारी गरिएको छ ।
देउवा र उनकी पत्नी डा.आरजु राणा देउवा सिंगापुरमा रहेका बेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेका थिए ।
तर, पक्राउ पुर्जी रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले देउवा दम्पतीलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले गत जेठ ११ गते यस्तो आदेश दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया