काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि सुकेधारास्थित मिराकल पार्टी प्यालेस बुकिङ गरेको छ । इतर समूहले २९ साउन (शुक्रबार)देखि ३१ साउनसम्म राष्ट्रिय भेला गर्दैछ ।
राष्ट्रिय भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे सुरु हुने छ ।
राष्ट्रिय भेला पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा तीन दिनसम्म चल्ने बताइएको छ । भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान इतर समूहको दाबी छ ।
राष्ट्रिय भेलामा सहभागी हुन पूर्वप्रधानमन्त्री देउवा बिहीबार मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण हुनेछन् । उनी थाई एयरबाट स्वदेश फर्किन लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया