तोलामै ६ हजार ४०० रुपैयाँले बढ्यो सुन, कतिमा भइराखेको छ आज कारोबार ?

लोकपथ
35
Shares

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ ।

सोमबार तोलामा २०० रूपैयाँ घटेको सुन आज मंगलबार प्रतितोला ६ हजार ४०० रूपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला तीन लाख एक हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला ११० रूपैयाँले बढेर चार हजार ७८० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार तोलामा चार हजार ६७० रूपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ४०२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?