काठमाडौं । नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)को आयोजनामा दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ सुरु भएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आज मंगलबार उद्घाटन गरेसँगै एक्स्पो औपचारिक रूपमा सुरु भएको हो ।
एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन तथा अटोमोबाइलसम्बन्धी सामग्री प्रदर्शनमा राखिएको आयोजकले जनाएको छ ।
गत वर्षको पहिलो संस्करणमा ४२ वटा ब्रान्ड सहभागी भएकामा यस वर्ष सहभागी ब्रान्डको संख्या बढेर ५५ भन्दा बढी पुगेको हो ।
एक्स्पोको मुख्य आकर्षण विद्युतीय सवारीसाधन (ईभी) रहने आयोजकले जनाएको छ । एक्स्पोमा विभिन्न कम्पनीका विद्युतीय कार, मोटरसाइकल, स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन प्रदर्शनमा राखिएका छन् ।
त्यसैगरी, ब्याट्री, चार्जिङ स्टेसन, पार्टपुर्जा, एक्सेसरिजलगायत मोबिलिटीसम्बन्धी नयाँ प्रविधि तथा सामग्रीसमेत प्रदर्शनीमा राखिएको छ ।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ साउन ३१ गतेसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया