नेपाल राष्ट्र बैंकको डिजिटल मुद्रा अवधारणा सार्वजनिक, ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

लोकपथ
7
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल मुद्रा अवधारणा पत्र सार्वजनिक गरेको छ । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा उक्त अवधारणा सार्वजनिक गरिएको हो ।

यस अवधारणा पत्रले मुलुकको मौद्रिक व्यवस्थापनमा आधुनिकता ल्याउनुका साथै आर्थिक क्षेत्रमा ठूलो परिवर्तनको संकेत गरेको छ ।

नेपाल राष्ट्र बैंकले नोट छपाई, ढुवानी, भण्डारण र व्यवस्थापनका लागि वार्षिक रूपमा अर्बौं रूपैयाँ खर्च गर्दै आएको छ । केन्द्रीय बैंकको पछिल्लो अध्ययनअनुसार यदि डिजिटल रूपैयाँको प्रयोगलाई प्रभावकारी रूपमा अघि बढाउन सकिएमा आगामी ५ वर्षभित्रमा नोट छपाईको आवश्यकता ५० प्रतिशतले कम हुन सक्छ ।

यो परिवर्तनले भविष्यमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ राज्यको ढुकुटीमा बचत हुने प्रक्षेपण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?