बाँके । नेपालगन्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ ।
साउन १८ गते बिहान करिब ११:२० बजे इट्टा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा गम्भीर घाइते भएका ४५ वर्षीय राम फेरन कोरीलाई उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा आज बिहान करिब ३स्३० बजे उनको पनि मृत्यु भएको हो ।
प्रहरीका अनुसार वर्षादी लोधको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइएको छ । राम फेरन कोरीको शव भने पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया