काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको भाडा बढाएपछि आन्तरिक हवाई उडानको भाडा वृद्धि गरिएको छ ।
नागरिक उड्डयन प्राधिकरणले विज्ञप्ति जारी गर्दै साउन १९ गते मंगलबार (आज) बाट लागू हुने गरी आन्तरिक हवाई भाडा बढ्ने जानकारी दिएको हो ।
निगमले अन्य पेट्रोलियम पदार्थसँगै हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँका दरले वृद्धि गरेको हो ।
जसअनुसार काठमाडौंबाट झापाको भद्रपुरका लागि यसअघिको भाडा ६ हजार ८ सय ७५ रहेकोमा ६०५ रुपैयाँ भाडा वृद्धि हुँदा ७ हजार ४ सय ८० पुगेको छ ।
काठमाडौंबाट सुर्खेतको भाडा यसअघि ७ हजार ९ सय १५ रहेको थियो । ६९० रुपैयाँ भाडा वृद्धि हुँदा अब ८ हजार ६ सय ५ रुपैयाँ भाडा पुर्याइएको छ ।
विराटनगरबाट नेपालगञ्जको हवाई भाडा एकैपटक १ हजार ७५ रुपैयाँले वृद्धि भएको छ । यसअघि १२ हजार ३ सय भाडा रहेकोमा वृद्धि भएसँगै १३ हजार ३ सय ७५ पुर्याइएको छ ।
कहाँको भाडा कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया