काठमाडौं । काठमाडौं उपत्यकाबाट पछिल्लो २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न १६९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौं जिल्लाबाट १५६ जना, ललितपुरबाट ११ जना र भक्तपुरबाट २ जनालाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ । उनीहरूको गतिविधि तथा संलग्नताबारे थप छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, प्रहरीले फरार रहेका २६ जना प्रतिवादीलाई समेत पछिल्लो २४ घण्टामा पक्राउ गरेको जनाएको छ । फरार प्रतिवादीहरूको खोजी तथा नियन्त्रण अभियानलाई निरन्तरता दिइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया