खोटाङ । खोटाङमा शनिबार साँझ भारी वर्षापछि खहरे खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियार छन् ।
राईको स्थानीय छाँगे खोलाले बगाउँदा मृत्यु भएको हो । वडाध्यक्ष माधव राईका अनुसार आफन्तको घरमा गएकी शान्ता राई फर्किन ढिला भएपछि खोज्ने क्रममा खोलामा मृत फेला परेका हुन् ।
यस्तै, परियारको भने गाइखुरे खोल्सीमा आएको बाढीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले बताए ।
खोजतलास गर्ने क्रममा परियारको शव करिब सय मिटर तल फेला परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया