पहिरोको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा यात्रा रोक

लोकपथ
245
Shares

चितवन । लगातारको वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो र लेदो खस्ने जोखिम बढेपछि यात्रा गर्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै सडक असुरक्षित भएकाले अर्को सूचना नआएसम्म उक्त सडकबाट यात्रा नगर्न सबैलाई आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यात्रुको सुरक्षालाई ध्यानमा राखेर यो निर्णय गरिएको बताएका छन् ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सेतीदोभानसहित विभिन्न स्थानमा लेदो खसेपछि सडक अवरुद्ध भएको छ ।

सडक बन्द हुँदा बीच बाटोमा रोकिएका एम्बुलेन्ससहित अन्य सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउने काम भइरहेको कार्यालयले जनाएको छ ।

अलपत्र परेका केही यात्रुलाई एम्बुलेन्समार्फत नारायणगढ–मुग्लिन सडकखण्ड पार गराइएको पनि कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?