धनगढीबाट खैरो हेरोइनसहित ६ जना पक्राउ

लोकपथ
70
Shares

धनगढी । कैलाली प्रहरीले विभिन्न स्थानबाट लागूऔषध खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट १ ग्राम २७० मिलिग्राम खैरो हेरोइनसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का २१ वर्षीय किरण भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, टीकापुर नगरपालिका–९ खक्रौलाबाट १ ग्राम २७० मिलिग्राम खैरो हेरोइनसहित बर्दियाको राजापुर नगरपालिका–६ का २३ वर्षीय प्रमेश थारु पक्राउ परेका छन् ।

यस्तै, टीकापुर नगरपालिका–९ खैरीपुरबाट २९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित जानकी गाउँपालिका–३ का २१ वर्षीय राहुल तिरुवा र १९ वर्षीय सुरेश खनाल पक्राउ परेका छन् ।

टीकापुर नगरपालिका–८ खक्रौलाबाट थप १ ग्राम ९३० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित टीकापुरकै २३ वर्षीय प्रशान्त थापा र जानकी गाउँपालिका–३ लाएकपुरका २४ वर्षीय अर्जुन ऐडीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी सत्तीबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा लागूऔषध फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

सबै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?