सरकारले ‘होल्डिङ सेन्टर’ खाली गर्न थप एक हप्ता समय दियो

लोकपथ
70
Shares

काठमाडौं । सरकारले होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासीलाई केन्द्र खाली गर्न थप एक हप्ता समय दिएको छ । अब उनीहरूले असार १९ गतेसम्म होल्डिङ सेन्टर छोड्नुपर्ने भएको छ ।

यसअघि सरकारले असार १२ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न भनेको थियो । तर समय कम भएको भन्दै आएको गुनासोलाई ध्यानमा राखेर म्याद थप गरिएको हो ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै यो जानकारी दिएको हो । समितिले यसअघि असार ९ गते सूचना निकालेर असार १२ गतेभित्र सेन्टर छाड्न निर्देशन दिएको थियो ।

सरकारले होल्डिङ सेन्टरमा रहेका परिवारलाई घर भाडामा बस्न सहयोग गर्न २५ हजार रुपैयाँ दिने तयारी पनि गरेको छ । यो रकम लिनका लागि असार १५ गतेभित्र दशरथ रंगशालामा पुगेर बैंक खाता नम्बर सहित निवेदन दिनुपर्नेछ ।

यसअघि काठमाडौं उपत्यकाका नदी किनारमा बसिरहेका बस्तीहरू हटाएपछि त्यहाँका बासिन्दालाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको थियो । अहिले उनीहरूको विवरण संकलन र व्यवस्थापनको काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?