फेवातालमा डुबेर एक जनाको मृत्यु

लोकपथ
70
Shares

काठमाडौं । पोखराको फेवातालमा डुबेर गएराति एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१५ रामबजार बस्ने १९ वर्षीय अमर थापाको मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा डुबेका उनको मृत्यु भएको प्रहरीले जनाएको छ । थापालाई सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले तालको २५ फिट गहिराइबाट अचेत अवस्थामा उद्धार गरेको थियो ।

उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लगिएकोमा गएराति पौने १० बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?