विष्णु पौडेललाई थुनामै राख्न विशेष अदालतको अनुमति

लोकपथ
0
Shares

काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री विष्णुप्रसाद पौडेललाई थुनामै राखेर राखेर मुद्दाको पुर्पक्ष गर्न अनुमति दिएको छ ।

मंगलबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरमा पौडेललाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै म्याद थपको अनुमति मागी विशेष अदालत पुगेको थियो ।

विशेष अदालतमा लामो बहसपछि न्यायाधीशहरु नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न ७ दिनको अनुमति दिएको हो ।

विशेष अदालतमा सूचना अधिकारी पार्वती हितानले पौडेललाई ७ दिन न्यायिक हिरासतमा राख्न अदालतबाट अनुमति प्रदान भएको बताइन् ।

विशेष अदालतले थुनामै राखी अनुसन्धान गर्न पहिलोपटक ७ दिनको म्याद दिएसँगै पौडेल पुनः न्यायिक हिरासतमै रहने भएका छन् ।

सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि एमालेका उपाध्यक्ष एवम् पूर्व मन्त्री पौडेललाई सोमबार सुर्खेतबाट जरुरी पक्राउ पूर्जी दिई नियन्त्रणमा लिइएको थियो ।

पूर्वमन्त्री पौडेलको मध्यस्थतामा भएको एक सेयर कारोबारको विषयलाई लिएर उनीमाथि अनुसन्धान हुन लागेको हो । हिमालयन एसेस्टस् नामक लगानीसम्बन्धी कम्पनी पूर्व मन्त्री पौडेलको रहेको आरा्प लागेको छ ।

यो पनि…

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?