काठमाडौं । विपक्षीहरुको विरोधपछि स्थगित प्रतिनिधि सभा बैठक अझै बस्न सकेको छैन ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक झण्डै २ घण्टापछि करिब १ बजे बसेको थियो । तर विपक्षीहरुले पूर्ववर्ती माग अनुसार विरोध जनाएपछि १ बजेर ३३ मिनेटमा बैठक स्थगित गरिएको थियो ।
विपक्षीहरुले नमानेपछि सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल) ले १५ मिनेट बैठक स्थगित गरेर छलफल गरिरहेका छन् । तर विपक्षीहरु आफ्नो मागबाट टसमस नहुँदा बैठक बस्न नसकेको हो ।
केही समयअघि प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपालले पनि भारतको धेरै स्थानमा जग्गा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएसँगै विपक्षी दलहरु थप रुष्ट बनेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया