होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासीको मृत्यु

लोकपथ
868
Shares

काठमाडौं । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासी भेषबहादुर दर्जीको मृत्यु भएको भएको छ ।

बिहीबार दर्जीको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको हो ।

सरकारले बस्दै आएको ठाउँबाट विस्थापित गरेपछि दर्जी परिवारसहित सरकारले उपलब्ध गराएको होल्डिङ सेन्टरमा बस्दै आइरहेका थिए ।

फोक्सो सम्बन्धी समस्या भएका दर्जी सोमबार बेहोस भएपछि परिवारले उपचारका लागि अस्पताल ल्याएको थियो ।

दर्जीको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?