श्रीमतीकाे हत्या अभियाेगमा श्रीमान् पक्राउ

लोकपथ
63
Shares

पर्सा । पत्नीको हत्या गरेर फरार भएका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१० का बजरङ्ग टोलका रामनारायण दास तत्मामाथि मादक पदार्थ सेवन गरी ४२ वर्षीया पत्नी हलसियाकुमारी देवीको हत्या गरेका अभियोग लागेको थियो।

यही जेठ १४ गते फलामले प्रहार गरेर हलसिया देवीको हत्या गरी दास फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।

अभियुक्त रामनारायणलाई महोत्तरी प्रहरीको सहयोगमा शनिबार महोत्तरीको रामगोपाल नगरपालिकाबाट नियन्त्रणमा लिई कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?