देशका विभिन्न भू-भागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

लोकपथ
84
Shares

काठमाडौं। आज देशका विभिन्न भू-भागको मौसम सामान्यतया बदली रहने छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

यस्तै, कर्णाली र सुदूरपश्चिमलगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना छ ।

आज राति देशको हिमाली भू-भागमा साधारणतया, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?