काठकाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन २ लाख ८५ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५ हजार ६ सयले बढेर २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघमा अनुसार आज चाँदी प्रतितोला १७५ रुपैयाँले बढेको हो ।
हिजो बिहीबार ४ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७५ रुपैयाँले बढेर ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया