काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद र इदगाहमा मनाइँदै छ ।
बिहानै मुस्लिम समुदायका मानिसहरूले स्नान गरी नजिकका मस्जिदमा गएर सामूहिक नमाज पढेका छन् । नमाजपछि एकअर्कामा शुभकामना साटासाट गर्ने परम्परा रहेको छ ।
काठमाडौंको नेपाली जामे मस्जिद र काश्मिरी मस्जिदलगायत देशभरका मस्जिदमा भक्तजनको भीड लागेको छ ।
धार्मिक मान्यताअनुसार, अल्लाहको आदेश पालना गर्न इब्राहिमले आफ्ना छोरा इस्माइललाई कुर्बानी दिन तयार भएको सम्झनामा यो पर्व मनाइन्छ । पछि अल्लाह खुसी भएर मानिसको सट्टा दुम्बाको बलि भएको विश्वास गरिन्छ। त्यसैले बकर इदमा मुस्लिम समुदायले जायज मानिएका जनावरको कुर्बानी दिने चलन छ ।
कुर्बानीको मासु तीन भागमा बाँड्ने परम्परा छ। एक भाग गरिबलाई, अर्को आफन्त र साथीभाइलाई, र बाँकी भाग परिवारले खाने गरिन्छ ।
मुस्लिम धर्मावलम्बीहरूले यो पर्व तीन दिनसम्म मनाउने गरेका छन् । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया