यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

लोकपथ
35
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर सामान्य घटबढ देखिएको छ ।

राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५४ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ३२ पैसा र बिक्रीदर २०६ रुपैयाँ १२ पैसा तथा स्वीस फ्राङ्क एकको खरिददर १९४ रुपैयाँ ३२ र बिक्रीदर १९५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ४२ पैसा र बिक्रीदर ११० रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६० पैसा र बिक्रीदर १२० रुपैयाँ ७ पैसा कायम गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ७२ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४२ रुपैयाँ १० पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ६९ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा तथा यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

मलेसियन रिङ्गिट एकको खरिददर ३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६९ पैसा, दक्षिण कोरियाली वन एक सयको खरिददर १० रुपैया २० पैसा र बिक्रीदर १० रुपैयाँ २४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६ रुपैयाँ ५५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८० पैसा र बिक्रीदर २३ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ९५ रुपैयाँ २४ पैसा र बिक्रीदर पाँच सय २०, बहराइन दिनार एकको खरिददर चार सय पाँच रुपैयाँ ३३ पैसा र बिक्रीदर चार सय छ रुपैयाँ ९२ पैसा तथा ओमानी रियाल एकको खरिददर तीन सय ९६ रुपैयाँ ९० पैसा र बिक्रीदर तीन सय ९८ रुपैयाँ ४६ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?