काठमाडौं । नेपाली कांग्रेसका सांसद जगत तिमिल्सिनाले त्रिभुवन विश्वविद्यालयमा २०६५ सालपछि नियुक्त प्राध्यापक तथा कर्मचारीहरू ४५ दिनदेखि आन्दोलनरत भए पनि सरकारले चासो नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् । उनले विश्वविद्यालयमा नवप्रवर्तन, खोज तथा अनुसन्धानमा सक्रिय हुनुपर्ने प्राध्यापकहरू आन्दोलनमा बस्दा विश्वविद्यालयको अध्ययन अध्यापन प्रभावित भएको बताए ।
उनले त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि जारी आन्दोलनप्रति सरकार उदासीन रहेको आरोप लगाउँदै सम्माननीय अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘त्रिभुवन विश्वविद्यालयमा २०६५ सालपछि प्रवेश गरेका प्राध्यापक र कर्मचारीहरू ४५ दिनदेखि धर्नामा बसिराख्नुभएको छ । नर्वप्रवर्तन, खोज र अनुसन्धानमा सहभागी हुनुपर्ने बेलामा प्राध्यापकहरू धर्नामा बस्नुपरेको छ । त्यसमा सरकारले चासो राखेको छैन । सम्माननीय अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउँछु ।’
त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू ४५ दिनदेखि धर्नामा बसिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया