काठमाडौं । पूर्वाधार विकास मन्त्रालयका सचिवलाई कार्यकक्षमै प्रवेश गरी धम्की दिनेलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कालिकोटको साविक मान्म गाविस वडा नं ५ घर भइ हाल भक्तपुर बस्ने उपेन्द्रकुमार शाही रहेका छन् ।
गत जेठ ११ गते शाहीले पूर्व सूचना र जानकारी बिना नै मन्त्रालयमा प्रवेश गरी मन्त्रालयका सचिवको कार्यकक्षमा प्रवेश गरेका थिए । केही व्यक्तिसहित त्यहाँ प्रवेश गरेका शाहीलाई सम्झाइबुझाइ गरी कार्यकक्षबाट बाहिर जान भनेकोमा अश्लिल शब्दहरु प्रयोग गरेको प्रहरीले जनाएको छ ।
शाहीलाई काठमाडौं जिल्ला अदालतबाट आपराधिक लाभ लिन नहुने कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया