श्रम संस्कृति पार्टीले लेख्यो ‘१ नम्बर प्रदेश’, प्रचार सामग्रीमा हर्कको तस्बिर अनिवार्य गर्न निर्देशन

लोकपथ
112
Shares
फाइल तस्बिर

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृती पार्टी कोशी प्रदेश समितिले विभिन्न कार्यक्रमहरुमा हर्कको तस्बिर अनिवार्य गर्न निर्देशन दिएको छ ।

कोशी प्रदेश अध्यक्ष प्रताप राई र सचिव दिपक तिमिल्सिनाले एक विज्ञप्ति जारी गर्दै त्यस्तो निर्देशन दिएका हुन ।
विज्ञप्तिमा श्रम संस्कृति पार्टीले कोही प्रदेशलाई प्रदेश नं १ कै नामबाट सम्बोधन गरेको छ । साथै हर्क साम्पाङलाई श्रम पीता भन्दै कार्यक्रमको ब्यानर तथा प्रचार सामग्रीमा हर्ककै तस्बिर अनिवार्य रुपमा प्रयोग गर्न निर्देशन दिइएको छ ।

‘श्रम संस्कृति पार्टी १ नम्बर प्रदेश मातहतमा रहेका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा, टोलभित्र गरिने कार्यक्रमको ब्यानर तथा प्रचार प्रसार सामाग्रीहरुमा श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्नु, गराउनुपर्ने…,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?