काठमाडौं । काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुवाहक बस कपिलवस्तुको महाराजगन्ज नगरपालिका–४ बरइपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकमा मंगलबार बिहान दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर, १९ जनाको मध्यम र १७ जनाको अवस्था सामान्य छ ।
दुर्घटनामा गम्भीर घाइते हुनेमा बर्दियाकी ४५ वर्षीया पवित्रा देवकोटा र सुर्खेतका ३० वर्षीय प्रकाश विक छन् ।
दुर्घटनामा बस चालक सुर्खेतका ३० वर्षीय डिल्लीप्रसाद दाहाल, सहचालक राजन बुढा पनि घाइते भएका छन् ।
दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ ।
प्रहरीका अनुसार, कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो । बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया