काठमाडौं । काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिलाई १५ दिनभित्र भवन खाली गर्न सूचना जारी गरेको छ । उक्त भवनमा ग्यालेक्सी फोर के टेलिभिजन सञ्चालन हुँदै आएको थियो ।
महानगरका अनुसार अदालतको आदेश र न्यायिक समितिको निर्णय कार्यान्वयन गर्ने क्रममा यो सूचना जारी गरिएको हो। समयभित्र सामान नलगिएमा ती सामग्री कानुनअनुसार लिलाम गरिने चेतावनी पनि दिइएको छ ।
यो विवाद मृगेन्द्र मिश्रले भाडा नतिरेको भन्दै घर खाली गराइदिन दिएको निवेदनबाट सुरु भएको थियो। त्यसपछि काठमाडौं महानगरपालिका को न्यायिक समितिले भाडा असुल गरी भवन खाली गराउने निर्णय गरेको थियो ।
उच्च अदालत पाटनले पनि सो निर्णय कार्यान्वयन गर्न आदेश दिएको थियो, जसपछि महानगरले प्रक्रिया अघि बढाएको हो ।
यसैबीच, गोरखा मिडिया नेटवर्क र त्यससँग सम्बन्धित आर्थिक गतिविधिबारे जीबी राई र रवि लामिछाने पनि विभिन्न सहकारी रकम अपचलनसम्बन्धी अनुसन्धान र मुद्दासँग जोडिएर चर्चामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया