काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ ।
संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्नुका साथै दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची तय गरिएको छ ।
बैठकमा खडकराज अधिकारीले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाह का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम ले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यसैबीच, संसद् सचिवालयका अनुसार ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरिनेछ । साथै, ती विधेयकहरू पारित गरियोस् भन्ने प्रस्तावसमेत बैठकमा प्रस्तुत गरिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया