रसुवाको टिमुरे जाँदै गरेका युवकको साथबाट ४३ हजार अमेरिकी डलर बरामद

लोकपथ
77
Shares

काठमाडौं । प्रहरीले ४३ हजार अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–५ बस्ने ३७ वर्षीय सुशिल गुरुङ रहेका छन् ।

रसुवाको उत्तरगया गाउँपालिका–५ अन्तर्गत पासाङल्हामु सडकखण्डमा काठमाडौंबाट टिमुरेतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ९५१० नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार बेत्रावती बजारबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बरामद अमेरिकी डलरसहित पक्राउ परेका गुरुङलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?