एकैदिन १९ सयले बढ्यो सुनको मूल्य, चाँदी के भयो ?

लोकपथ
133
Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १९ सयले बढेर २ लाख ९२ हजार ८ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १४० रुपैयाँले बढेको हो ।

हिजो आइतबार ५ हजार १० रुपैयाँमा कारोबार भएको भएको चाँदीको मूल्य आज १४० रुपैयाले बढेर ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?