एकैदिन २८ सयले घट्यो सुनको मूल्य, चाँदीको पनि घट्यो

लोकपथ
224
Shares

काठमाडौं । साताको पहिलो कारोबारको दिन (आइतबार) सुनको मूल्यमा ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २८ सय रुपैयाँले घटेको छ ।

अघिल्लो साताको अन्तिम कारोबारको दिन (शुक्रबार) २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ हजार ८ सयले घटेर २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ सय ५ रुपैयाँले घटेको हो ।

शुक्रबार ५ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी आज १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?