काठमाडौं । प्रहरीले काठमाडौंको गोंगबुबाट एसएलआर हतियारमा प्रयोग हुने म्याग्जिन र ४५ राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा र सोही ठाउँका २२ वर्षीय ओमशंकर गुप्ता रहेका छन् ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो । पक्राउ परेका मध्ये गुप्ता हाल काठमाडौं महानगरपालिका–३२, नरेफाँटमा बस्दै आएका थिए ।
प्रहरीका अनुसार काठमाडौंको टोखा नगरपालिका–९ गोंगबुस्थित शिव मन्दिर नजिक रहेको काबेली गेस्टहाउसमा गरिएको चेकजाँचका क्रममा उनीहरूको साथबाट ४५ राउन्ड गोली, एसएलआर हतियारमा प्रयोग हुने एक थान म्याग्जिन र मेटलको नक एक थान बरामद गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार बरामद सामग्रीसहित उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस घटनामा प्रहरी ले आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया